



बैतडी – नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १८ओै बैठक सम्पन्न भएको छ।नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष प्रेम राज भट्टको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाल राष्ट्रिय शिक्षक संगठन सुदूरपश्चिम प्रदेश सह-कोषाध्यक्ष राधिका चन्द प्रमुख अतिथि रहेकी थिइन।
यस्तै विशिष्ट अतिथीमा एमाले केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट ,एमाले बैतडी जिल्ला कमिटी अध्यक्ष नरेस बि क,उपाध्यक्ष लोकेन्द्र भण्डारी रहेका थिए।
बैठकमा संगठन निर्माण,संगठनको अवस्था,संगठन बिस्तार लगायतका बिषयमा छलफल भएको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष प्रेम राज भट्टले बताए।
बैठकमा दसवटै स्थानीय तहबाट शिक्षक संगठनमा आबद्ध शिक्षकहरुको सहभागीता रहेको थियोे। बैठक आगामी कार्ययोजना पारित गर्दै सम्पन्न भएको छ।




