Vutlaxapu
Laxmibhuwan sun chadi

गाउँपालिका अध्यक्षका लागि एमालेबाट पञ्चेश्वरमा तीन जनाको नाम सिफारिस

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: चैत्र २५ पञ्चेश्वर गाउँपालिका अध्यक्षमा दसरथ मंगोलासहित तीन जनाको नाम सिफारिस गरिएको छ । नेकपा एमाले गाउँपालिका कमिटीले वर्तमान अध्यक्ष गोरर्ख चन्द, युवा संघका पुर्व अध्यक्ष राजेन्द्र चन्दको नाम सिफारिस भएको हो । यसअघि जिल्लाको सबैभन्दा कान्छो वडाअध्यक्षमा निर्वाचीत मंगोला गाउँकार्यपालिकाको प्रवक्ता समेत हुन् ।मंगोलासहित पञ्चेश्वरमा एमालेबाट ३ जनाको अध्यक्षमा दावी रहेको छ भने, उपाध्यक्षको उमेदवारीका लागि २ जनाले दावी गरेकाछन् । उपाध्यक्षमा वर्तमान उपाध्यक्ष बिना भट्ट र गोदावरी चन्दले उमेदवारी दिने बताएकाछन् ।सबैभन्दा कान्छा दावेदार मंगोलाले राजनिति प्रति युवाहरुको वितृष्णा घटाउने बताएका छन् । पार्टीले आफुलाई उमेदवार बनाएमा चुनाव जितेर पालिकाको मुहार परिवर्तन गर्ने उनले बताए ।

२२ बर्षको उमेरमा वडाअध्यक्ष बनेका मंगोलाले २७ बर्षमा पालिका अध्यक्षको लागि दावी गरेका हुन् । विद्यार्थीबाट राजनितिमा आएका  मंगोला नेकपा एमाले बैतडीको जिल्ला कमिटी सदस्य हुन् भने, यसअघि नेकपा हुदाँका बखत समेत जिल्ला कमिटी सदस्य थिए

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page