Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पन्चेश्वरमा एक प्रहरीलाई दाम्लोले बाधेर राखियो,किशोरी बेपत्ता पारेको आरोप

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडीको पन्चेश्वर गाउपालिका-२ स्थित महाकाली प्रहरी चौकी डिम्बरघाट प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार कृष्ण राज जोशीलाई त्यहाका स्थानीयहरुले दाम्लोले बाधेर नियन्त्रणमा लिएका छन् । स्थानीय अन्दाजी १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोपमा ती प्रहरी हवल्दारलाई त्यहाका स्थानीयहरुले दाम्लोले बाधेर नियन्त्रणमा लिएको पाइएको हो ।जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी त्यहा पुगेको छ ।

जय भगवति मेलौली सुनचाँदी

स्थानीयका अनुसार आज अप्रान्ह ४ बजेदेखि ती किशोरी बेपत्ता छिन । प्रहरी हवल्दारलाई भारतपट्टीबाट नियन्त्रणमा लिइएको हो ।

घटना संकास्पद रहेको बुझिएको छ । यस विषयमा थप विवरण आउन बाकी छ ।

प्रहरीलाई बाधेर नियन्त्रणमा लिएको भिडियो सामाजिक संजालमा सार्वजनिक भइसकेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page