
दोगडाकेदार वार्ड नं ७ मा वार्ड अध्यक्षका लागि एमालेबाट अनेरास्ववियु केन्द्रिय कमिटी सचिव दिनेश भट्ट सर्वसम्मत चयन




बैतडी: चैत्र २८ दोगडाकेदार गाउँपालिका वार्ड नं ७ मा अनेरास्ववियु केन्द्रिय कमिटी सचिव एवं नेकपा एमाले जिल्ला सचिवालय सदस्य दिनेश भट्ट वार्ड अध्यक्षका लागि सर्वसम्मत चयन भएका छन्।दोगडाकेदार गाउँपालिका वार्ड नं ७ मा आयोजित एक कार्यक्रमका बीच भट्ट चयन भएका हुन।कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रिय कमिटी सचिव भट्टले दोगडाकेदार गांउपालिका वार्ड नं ७ मा गठबन्धन गरेपनि गठबन्धनलाइ सजिलैसँग पराजित गर्दै आफ्नो जित सुनिश्चित भएको दाबि गरेका छन। दोगडाकेदार गाउँपालिकामा एमाले सरकारले जनमुखी काम गरेकोले जनताको मन जित्न सफल भएको बताएका छन्। भट्ट २०६० सालदेखि तत्कालीन जनयुद्धमा भुमिगत भएका थिए।उनि नेकपा एमाले र माओवादीबिचको एकता प्रकृयाबाट नेकपा माओवादी पार्टी महांसचिव राम बहादुर थापा (बादल) र माओवादी नेता लेखराज भट्ट संगै एमालेमा समाहित भएका थिए। भट्ट बिगत १८ बर्ष देखि नेपालि राजनीतिमा सकृय रहेका छन।



