Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडी जिल्ला “पुर्ण खोप सुनिश्चितता तथा दिगोपना”जिल्ला घोषणा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : बैतडी जिल्ला ‘पुर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ ।

“स्थानिय श्रोतको उपयोग, स्थायित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता- हाम्रो सहभागिता” भन्ने मूल नाराका साथ बैतडी जिल्लालाई ‘पुर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो ।शुक्रवार गोठलापानीमा जिल्ला खोप समन्वय समितिको आयोजनामा एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति प्रमुख खगेन्द्र सिंह धामी, उपप्रमुख दमन बहादुर कुवँर, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, स्वास्थ्य निर्देशनालयका निर्देशक खगेन्द्र बहादुर बम लगायतको उपस्थितिमा “पुर्ण खोप सुनिश्चितता तथा दिगोपना” जिल्ला घोषणा गरिएको हो ।

 

जय भगवति मेलौली सुनचाँदी

जिल्ला समन्वय समिति प्रमुख धामीले सबै स्वास्थ्यकर्मी मेहनत र परिश्रमले जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको बताए । स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिए।

यस अघि बैतडीका १० वटै पालिकालाई पुर्ण खोप सुनिश्चित पालिका घोषणा भैसकेका छन ।

बालबालिकाले पाउनुपर्ने खोपका सबै सूचकाङ्क पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्टले बताए ।

 

कार्यक्रममा सम्पुर्ण पालिकाका स्वास्थ्य संस्था तथा स्वास्थ शाखामा कार्यरत उत्कृष्ट स्वास्थ कर्मीहरुलाई सम्मान गरिएको थियो

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page