गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदार गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीकाे दाेगडाकेदार गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२को सार्वजनिक सुनुवाइ गरेको छ । गाउँपालिकाले साेमबार वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो ।

खालि ठाँउ २

गाउँपालिकाकाे आयाेजना तथा उदाउने मिडिया प्रालीकाे सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्नद राज जाेशीले बताए ।   गाउँपालिकाले आव २०८१/८२ मा ५२ कराेड १३ लाख २० हजार ५ सय अनुमानित बजेट ल्याएको थियो ।

यसमा कुल बजेटको ८९प्रतिशत खर्च भएको छ । चालुतर्फ ८९प्रतिशत खर्च गरेको गाउँपालिकाले पुँजीगततर्फ ८७प्रतिशत खर्च भएको वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै गाउँपालिकाले आव २०८१/८२मा एक करोड २० लाख ९० हजार ८ सय ६७ रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ । गाउँपालिकाका सबै शाखा प्रमुखले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं गाउँपालिकाकाे सेवाको विषयमा सवाल जवाफ भएको थियो ।

उठेका प्रशनकाे जाफ गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की र उपाध्यक्ष पार्वती ऐर कार्की र शाखाका प्रमुखहरुले कार्कीले दिनु भएकाे थियाे । सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले गाउँपालिकाकाे बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सधै नागरिकको पक्षमा रहेर गाउँपालिकाका विभिन्न गतिविधिहरु अगाडि बढाइएको बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page