गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

दोगडाकेदारमा एक घर एक धारा कार्यक्रम तिब्र गतिमा

शनिबार लेकथला क्याम्पस खानेपानी आयोजना अन्तर्गत मेनलाइनको काम सम्पन्न गरेको छ।

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकाले एक घर एक धारा कार्यक्रमलाइ तिब्रता दिइरहेको छ।गाँउपालिकाले पछिल्लो समय प्रतेक वडाका वस्ति बस्तिहरुमा एक घर एक धारा कार्यक्रम तिब्रताका साथ अगाडी बढाइ रहेको छ। शुक्रबार चमलेक दलीत टोल लगायत भट्ट टोल रानिभौनेली मन्दिर सम्म खानेपानी निर्माण योजना सम्पन गरेको छ। जस्मा मन्दिर सहित ९३ धारा निर्माण गरिएका छन।

यस्तै दोगडाकेदार गाउँपालिका वडा नं १ अन्तर्गत गोरङ्ग टोलमा एक घर एक धारा कार्यक्रम अन्तर्गत पहिलो चरणमा ट्याङ्की निर्माण देखि २९ घरधुरीमा धारा निर्माण संगै पानि पुगेको छ। गाँउपालिकाले आर्थिक वर्ष भित्र गोरङ्गका बस्तिहरुमा एक घर एक धारा निर्माण गर्ने लक्ष्य राखेको छ।

यस्तै श्रीकोट बहुमुखी क्याम्प र खोचलेकमा रहेको सनातन धर्म माध्यमिक विधालय सहित १२० घरधुरीमा पानि पुर्याउने लक्ष्य सहित लेकथला क्याम्पस खानेपानी आयोजना अन्तर्गत मेनलाइनको काम सम्पन्न गरेको छ। आर्थिक वर्ष ०८१/८२को गाँउ पालिकाको बजेटबाट श्रीकोट बहुमुखी क्याम्पस र सनातन धर्म माध्यमिक विद्यालय सहित लेकथला टोलमा ट्याङ्की निर्माण देखि ४८ घरधुरीमा धारा निर्माण गरिएका छन। आर्थिक वर्ष ०८२/ ८३ मा दोगडाकेदार गाउँपालिका वडा नं -३ मा पर्ने तालर रउल्देऊ सिल्लेगडा टोलमा धारा हरु निर्माणको काम सम्पन्न गरिने दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताए।कार्किका अनुसार दोगडाकेदार गाउँपालिका अन्तर्गत प्रतेक वडाका प्रतेक बस्तिहरुमा एक घर एक धारा कार्यक्रम अन्तिम चरणमा रहेको बताए।

बैतडीबुलेटीन सँगको कुराकानीमा गाँउ पालिका अध्यक्ष चक्रबहादुर कार्कीले बिरोधि हरुले जस्तो सूखै बकबास गरेपनि गाँउपालिकाले देखिने गरि बिकाश निर्माणका कामहरुलाइ तिब्रता दिइरहेको बताए। अध्यक्ष कार्कीले आफुलाइ जनताले विश्वासै गरेर दोस्रोपटक जिम्मेवारी दिएको स्मरण गर्दै जनताका हरेक समस्या समाधान गर्न गाँउपालिका सरकार लागिपरेको बताए।

यस्तै उपाध्यक्ष पार्वती ऐरी कार्कीले गाँउपालिकामा पहिला खानेपानिको चरम समस्या रहेको महिलाहरुलाइ पानि बोक्न धेरै समस्या रहेको र अहिले हट्दै गएको बताइन। गाँउ पालिकामा लिफ्ट खानेपानि आयोजनाहरुको सुरुवात गर्ने बैतडीमै पहिलो पालिका दोगडाकेदार गाउँपालिका भएको समेत बताइन। उपाध्यक्ष कार्कीले गांउपालिकाको एक घर एक धारा अभियान अन्तिम चरणमा पुगेको बताइन।

खालि ठाँउ २

लेकथला क्याम्पस खानेपानी आयोजनाको मेनलाइन सहित ५० धारा निर्माण सम्पन्न भएपछि दोगडाकेदार गाउँपालिका वडा नं -३ का अध्यक्ष कालु राम सार्कीले गाँउपालिकाले श्रीकोट बहुमुखी क्याम्पस र सनातन धर्म माध्यमिक विद्यालय सहित लेकथला टोलमा ट्याङ्की निर्माण देखि ४८ घरधुरीमा धारा निर्माण गरिएका र आर्थिक वर्ष ०८२/ ८३ मा दोगडाकेदार गाउँपालिका वडा नं -३ मा पर्ने तालर रउल्देऊ सिल्लेगडा टोलमा धारा हरु निर्माणको काम सम्पन्न गर्ने गरि गाउँपालिकाले बजेट विनियोजन गरेको बताए।पछिल्लो‌ समय गांउपालिकाले एक घर एक धारा अभियानलाइ‌‌ तिब्रताका‌ साथ अगाडी बढाइ रहेको छ।

 

लेकथला क्याम्पस खानेपानी आयोजनाको मेनलाइन सहित ५० धारा निर्माण सम्पन्न भएपछि धारामा पानि खोल्दै स्थानीय 

चमलेक दलीत टोल लगायत भट्ट टोल रानिभौनेली मन्दिर सम्म खानेपानी निर्माण योजना सम्पन पस्चात धारामा पानि खोल्दै स्थानीय 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page