


बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकामा डेंगी नियन्त्रण तथा रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
डेङ्गीको संक्रमण हरेक दिन बढ्दै गएपछि गांउपालिकाले नियन्त्रण र रोकथामको लागि पुर्व तयारी सुरु गरेको हो। आइतबार सरोकारवालाहरुको लागी डेङ्गी रोग सम्बन्धि निगरानी, सम्भावित महाँमारिको तयारी रोकथाम तथा नियन्त्रण खोज र नष्ट गर्ने तरिकाका बिषयमा अभिमुखीकरण सञ्चालन गरिएको दोगडाकेदार गाउँपालिका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए।

नाथका अनुसार दोगडाकेदार गाउँपालिकाभित्र रहेका सार्वजनिक स्थानहरुमा डेङ्गी नियन्त्रण गर्न स्वास्थ्यकर्मिहरु सहितको टोलि परिचालन संगै जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने बताए।
कार्यक्रममा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की, गाँउ पालिका उपाध्यक्ष पार्वती ऐरी कार्की, प्रमुख प्रशासकीय अधिकृत नरेश राज जोशी,वडा अध्यक्ष लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।





