Vutlaxapu
Laxmibhuwan sun chadi

स्यालको आक्रमणबाट दार्चुलामा ४ जना घाइते

Betaleswar sun
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

दार्चुला: दार्चुलामा जंगली स्यालको टोकाईबाट चार जना स्थानीय घाइते भएका छन् । जिल्लाको ब्याँस गाउँपालिकामा जंगली स्यालको टोकाइबाट तीन जना स्थानीय घाइते भएका हुन।आइतबार दिउँसो घरनजिकैको बनमा घास काट्ने क्रममा स्यालले आक्रमण गरी तीन जनालाई घाइते बनाएको स्थानीयले बताएका छन् ।

जय भगवति मेलौली सुनचाँदी

ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरका अनुसार स्यालको आक्रमणबाट ब्यास–६ बसेडीका ७० वर्षीय गणेश दत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र खातीगाउँका ७५ वर्षीया च्याउली देवी भण्डारी घाइते भएका छन् ।

 

त्यस्तै चार दिन अगाडी जयबहादुर बमलाई स्यालले आक्रमण गरी घाइते बनाएको स्थानीय खातीले बताए।

आइतबार घाइते भएका स्थानीयलाई ब्यास–६ खातीगाउमा रहेको ग्रामीण स्वास्थ ईकाइ केन्द्रमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल खलंगा ल्याएको र त्यहाँबाट पनि थप उपचारका लागि धनगढी रिफर गरिएको स्थानीय रमेश भट्टले बताए ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page