गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

दोगडाकेदारमा बृहत तिज नृत्य प्रतियोगिता: बेताल मा बि गोरङ्ग प्रथम

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ

बैतडी:हरितालिका तिजको अवसरमा श्रीकोट बहुमुखी क्याम्पसको आयोजनामा बैतडीको दोगडाकेदार गाउँपालिकामा आयोजना गरिएको अन्तर माध्यमिक विधालय स्तरिय बृहत तिज बिशेष साँस्कृतिक कार्यक्रममा बेताल माध्यमिक विद्यालय गोरङ्गले पहिलो स्थान हात पारेको छ। प्रथम स्थान प्राप्त गरे संगै मा बि गोरङ्गले नगद २० हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ।

यस्तै सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट बैतडीले दोस्रो स्थान हात पारेको छ।द्वतिय स्थान प्राप्त गरे संगै मा बि श्रीकोटले नगद १५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ।

खालि ठाँउ २

यस्तै रौलेश्वर माध्यमिक विद्यालय कालागाउँ बैतडीले तृतीय स्थान हात पारेको छ ।तृतीय स्थान प्राप्त गरे संगै मा बि कालागाउँले नगद १० हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ।

यस्तै रौलेश्वर माध्यमिक विद्यालय कफलकोट बैतडीले सान्त्वना स्थान हासिल गरेको छ।मावि कफलकोटले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ।

श्रीकोट बहुमुखी क्याम्पसको आयोजनामा भदौ ८ र ९ गते हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा दोगडाकेदार गाउँपालिका भित्र रहेका ११ वटा विधालय हरुको सहभागिता रहेको थियो।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page