Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा लामो समयदेखि फोरजी सेवा अवरुद्ध, टेलिकमको वेवास्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकामा लामो समयदेखि इन्टरनेट फोरजी सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा मारमा परेका छन्। नेपाल टेलिकममार्फत सञ्चालन हुँदै आएको इन्टरनेट सेवा पटक–पटक अवरुद्ध भइरहे पनि समस्या समाधानतर्फ सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ।

इन्टरनेट सेवा अवरुद्ध हुँदा विद्यार्थीको अनलाइन पढाइ, बैंकिङ कारोबार तथा दैनिक सूचना आदान–प्रदानमा गम्भीर असर परेको छ। विशेषगरी अनलाइन सेवामा निर्भर व्यवसायीहरू बढी प्रभावित भएका छन्।

जय भगवति मेलौली सुनचाँदी

स्थानीय बासिन्दाले पटक–पटक नेपाल टेलिकम बैतडी कार्यालय तथा ग्राहक सेवा केन्द्रमा जानकारी गराउँदा पनि समस्या दीर्घकालीन रूपमा समाधान नभएको बताएका छन्। “केही दिन चलेजस्तो हुन्छ, फेरि हप्तौँसम्म इन्टरनेट बन्द हुन्छ,” दोगडाकेदार ७ चडेपानीका शंकर दत्त भट्ट र सहदेव भट्टले गुनासो गरे।

दोगडाकेदार क्षेत्रका प्राय सबै वडामा इन्टरनेट सेवा अवरुद्ध बनिरहँदा र गुनासो पोखिरहदा नेपाल टेलिकम बैतडीले कुनै चासो देखाएको छैन। यसरि समय-समयमा ध्यानाकर्षण गराउदा समेत सेवा नआउनु टेलिकमको लापरवाही भएको स्थानीयको आरोप छ। स्थानीय जनप्रतिनिधिले समेत पटक–पटक ध्यानाकर्षण गराउँदा पनि ठोस पहल नदेखिएको बताएका छन्।

स्थानीय बासिन्दाले छिटोभन्दा छिटो इन्टरनेट सेवा सुचारु गर्न र दीर्घकालीन समाधानका लागि आवश्यक प्राविधिक सुधार गर्न नेपाल टेलिकमसँग माग गरेका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page