


भारतको पश्चिम बंगाल विधानसभा चुनावअन्तर्गत दोस्रो तथा अन्तिम चरणको मतदान सुरू भएको छ।
बुधबार बिहान ७ बजेदेखि मतदान सुरु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दोस्रो चरणमा १४२ सिटका लागि कुल १४४८ उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये २२० जना महिला उम्मेदवार रहेका छन्।
यी सिटमा करिब ३ करोड २१ लाख मतदाता रहेका छन्।कोलकाता, हावड़ा लगायत उत्तर २४ परगना, दक्षिण २४ परगना, नदिया, हुगली र पूर्व बर्दवान जिल्लामा मतदाताहरू मतदान केन्द्रबाहिर लाइनमा देखिएका छन्।
सन् २०२१ को निर्वाचनमा यी १४२ सिटमध्ये तृणमूल कांग्रेसले १२३ सिट जितेको थियो भने भारतीय जनता पार्टीले १८ र इन्डियन सेक्युलर फ्रन्टले १ सिट जितेको थियो।यसअघि पहिलो चरणअन्तर्गत १५२ सिटमा अप्रिल २३ मा मतदान भएको थियो।
निर्वाचनको अन्तिम नतिजा मे ४ मा सार्वजनिक गरिने जनाइएको छ।




