
डिलाशैनिका १३ जना र दोगडाकेदारका १ जनाले जन्ममिति बढाएर बृद्धभत्ता लिएको खुलासा :
कार्बाही को प्रकृया अघि बढ्यो



बैतडी

बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिएकाे खुलासा भएको छ । डिलाशैनी गाउँपालिकाका १३ जना र दोगडोकदार गाउँपालिकाका १ गरी १४ जनाले जन्म मिति बढाएर बृद्ध भत्ता लिएको खुलेको हो । जिल्ला प्रसासन कार्यालय बैतडीका सुचना अधिकारी खगेन्द्र भारतीका अनुसार ३ देखि २७ वर्ष पहिलेदेखि नागरीकतामा केरमेटगरी बृद्धभत्ता लिने गरेको खुल्न आएको हुन् ।
‘अहिले नै नाम प्रकाशन नगरौँ, अनुसन्धान हुदैछ, सुचना अधिकारी भारतीले भने, ‘दोगडाकेदारका १ जना र डिलाशैनीका १३ जना त्यस्ता भटिएका छन् ।’ आफैँले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् ।
वडा स्तरमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि सामाजिक सुरक्षा भत्ताअन्तर्गत वृद्ध भत्ता लिने गरेकोसमेत खुल्न आएको छ ।
कुनैको प्रतिलिपि बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका बेला केरमेट भएको पाइएको र केहीको परिचयपत्र बनाउँदा केरमेट गरेको पाइएपछि थप अनुसन्धान गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
‘कार्यालयमा आएको उजुरीका आधारमा पनि अनुसन्धान थालिएको हो’, उनले भने, ‘केरमेट गरेको पाइएपछि किन सच्याइएका रहेछन् भनेर हेर्दा जन्ममिति बढाइ सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको पाइएको हो ।’
जन्ममिति सच्याएर केहीले विसं २०५२ देखि तथा केहीले २०७६ सालदेखि भत्ता लिइरहेका खुल्न आएको सूचना भारतीले जानकारी दिए। उनले भने, ‘नागरिकतामा मिति सच्याएर कम्तीमा ३ वर्ष र बढीमा २७ वर्ष पहिलादेखि वृद्धभत्ता बुझेको पाइएको छ ।’यसरी नागरिकतामा जन्ममिति बढाएर भत्ता लिएकालाई अहिलेसम्म लिएको रकमको दोब्बर असुल उपर गरिने भारतीले बताए। यस्तै नागरिकता केरमेट गरेको पाइएकोमा नागरिकता ऐनअन्तर्गत थप कारबाही हुने जनाइएको छ ।
यसरी नागरिकता केरमेट गर्नेहरुको नामावली भर्ने सार्वजनिक गरिएको छैन । उनीहरुलाई नियन्त्रणमा लिएर जरिवाना तथा कारबाहीको दायरामा ल्याउने प्रकृया अघि बढेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।



