Vutlaxapu
Laxmibhuwan sun chadi

पाटनका शिक्षक कांग्रेस वडा अधिवेशनमा सहभागी भएको तस्वीर सार्वजनिक

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : बैतडीको पाटन नगरपालिका अन्र्तगतका विद्यालयमा कार्यरत शिक्षकहरु पनि काग्रेस वडा अधिवेशनमा सहभागी भएको फोटोहरु प्राप्त भएका छन् । असोज ४ गते पाटन नगरपालिका-१ सकारमा भएको वडा अधिवेशनमा शिद्धेश्वर मावि मेल्चौराका शिक्षक गोपाल दत्त भट्टराई र पुष्कर भट्टराई सहभागी भएको फोटो बैतडीबुलेटीनलाइ  प्राप्त भएको छ । दुई जना निर्वाचन गराउन पुगेको एक नेताले बताए । शिक्षक गोपाल दत्त भट्टराई काँग्रेस निकट शिक्षक संघको नेता हुन् ।

यता शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ। शिक्षक राजनीतिक गतिविधिमा लागेको विषय सामाजिक सन्जालबाट बाहिरिएपछि शिक्षामन्त्री सस्मित पोखरेलले कुनैपनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कारवाही गर्न निर्देशन दिएका हुन्। मन्त्री पोखरेलले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिलाइ निगरानी गर्न पनि निर्देशन दिएका छन्।

जय भगवति मेलौली सुनचाँदी

पाटन नगरपालिका–९ को वडा अधिवेशनमा ज्ञानेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशी निर्वाचन अधिकृतको जिम्मेवारीमा रहेको बताइएको छ। त्यस्तै, पाटन नगरपालिका–८ को वडा अधिवेशनमा सोही विद्यालयका शिक्षक कृष्णसिंह बिष्ट निर्वाचन अधिकृतका रूपमा खटिएको बुझिएको छ।

कांग्रेसले आफू निकट शिक्षक तथा अधिवक्ताहरूलाई वडा अधिवेशनको निर्वाचन प्रक्रिया सञ्चालनका लागि अनुरोध गर्ने गरेको शिक्षकहरूको भनाइ छ। त्यसैअनुसार आफूहरू निर्वाचन अधिकृतको जिम्मेवारीमा जाने गरेको उनीहरूको दाबी छ।

यसैबिच शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक दलका कार्यक्रममा सहभागिताबारे निगरानी गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ। एकाइले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाअनुसार केही विद्यालयका शिक्षकहरू विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको जनाएको छ। पत्रमार्फत स्थानीय तहअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका विभिन्न कार्यक्रममा सहभागी भएरनभएको सम्बन्धमा गहन निगरानी गर्न अनुरोध गरिएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page