Vutlaxapu
Laxmibhuwan sun chadi

कांग्रेस वडा अधिवेशनमा दोगडाकेदारका प्रधानाध्यापक भट्ट सहभागी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–४ स्थित पञ्चकोटी आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश दत्त भट्ट नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएको फोटो प्राप्त भएको छ।

असोज ४ गते सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनमा प्रधानाध्यापक भट्ट सहभागी भएको तस्बिर प्राप्त भएको हो। उक्त तस्बिरमा उनी कांग्रेसको वडा अधिवेशनमा सहभागी भएको देखिन्छ।विद्यालयमा कार्यरत शिक्षक तथा प्रधानाध्यापकहरू राजनीतिक दलका गतिविधिमा सहभागी हुन मिल्ने वा नमिल्ने विषयमा पछिल्लो समय बहस भइरहेका बेला भट्टको वडा अधिवेशनमा सहभागिताको फोटो सार्वजनिक भएको हो।

जय भगवति मेलौली सुनचाँदी

विद्यालयमा कार्यरत शिक्षक तथा प्रधानाध्यापकहरू राजनीतिक दलका गतिविधिमा सहभागी हुन मिल्ने वा नमिल्ने विषयमा पछिल्लो समय बहस भइरहेका बेला भट्टको वडा अधिवेशनमा सहभागिताको फोटो सार्वजनिक भएको हो।

यसअघि पनि बैतडीका विभिन्न स्थानीय तहअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रम तथा अधिवेशनमा सहभागी भएको विषय सार्वजनिक हुँदै आएको छ।

शिक्षकहरूलाई राजनीतिक गतिविधिबाट अलग राख्नुपर्ने कानुनी तथा नीतिगत व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित निकायले निगरानी बढाइरहेका बेला विद्यालयका प्रधानाध्यापक नै राजनीतिक दलको वडा अधिवेशनमा सहभागी भएको फोटो सार्वजनिक हुनुले यो विषय थप चर्चामा आएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page