गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

आज सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइदै, बुढी पनि हालिदै 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी,बैतडी लगायत सुदूरपश्चिममा ओल्के पर्व मनाइदै छ । भाद्र १ गतेका दिन ओल्के पर्व मानाइन्छ । सुदूरपश्चिममा ओल्के पर्वलाई चाँडबाँड भित्रिएको संकेतको रुपमा लिइने गरिन्छ ।

काक्रा, पिँडालुका पात तथा हरियो सागपात र मकैलाई देबिदेवताको थानमा चढाँउने र आफन्तजनलाई बाँडेर खाने चलन पनि रहेको छ । यी खानेकुराका परिकारलाई सगुन र उपहारको रुपमा लिने गरिन्छ ।
साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहेको पण्डीत गंगादत्त अवस्थीले जानकारी दिए । नयाँ अन्न तथा सागपातलाई देविदेवताको थानमा चढाँउने र आफन्तजनहरुलाई बाँढेर खाने चलन रहेको उनले बताए । बारीमा फलेको फल, अन्न तथा सागपात देवी देवातालाई चढाँएर मात्रै खानुर्पर्ने मान्यताका आधारमा पनि नयाँ कृषि उपजलाई देवताको थानमा लगेर चढाँउने गरिन्छ ।

खालि ठाँउ २

ओल्के संक्रान्तीललाई चाँडबाँड लिएर आउने पर्वको रुपमा पनि लिने गरिएको अवस्थीले बताए । ओल्के पर्वपछि लगत्तै तीज, गौरा पर्व, दशैँ, तिहार लगायतका महान चाँड पर्ने भएकाले चाँडबाँड लिएर आउने पर्वको रुपमा पनि ओल्केपर्वलाई लिन सकिने पण्डीत अवस्थीले बताए ।

ओल्के पर्वकै दिन बुढी हाल्ने पर्व पनि मनाइन्छ । रुख तथा झ्याङलाई काटेर कुनै सार्बजनिक स्थानमा गाड्ने गरिन्छ । यसैलाई बुढी हालेको भनिन्छ । त्यो गाडेको रुख तथा झ्याङमा  भदौ महिनाभर प्रत्येक दिन हाङ्गा  बुटाहरुहरु थप्दै असोज एक गतेको दिन पोल्ने गरिन्छ । असोज १ गतेलाई बुढी पोल्ने पर्वको रुपमा मनाउने गरिएको पाटन १० मान बहादुर बिष्टले बताए ।

यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग पनि जोडिएको छ । भगवान् श्रीकृष्णलाई पुतनाले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको लासलाई हटाउन नसकेपछि गोकुलवासीले टुक्राटुक्रा पारेको दिनको सम्झनामा आज बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ । यसलाई सिंह सङ्क्रान्ति पनि भन्ने गरिएको छ । यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर पनि मनाइन्छ ।
ओल्के सक्रान्तीकै अवसरमा प्रदेश सरकारले आज सार्बजनिक बिदा दिएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page