Vutlaxapu
Laxmibhuwan sun chadi

आमाबुबाको सम्बन्धविच्छेद, सन्तानमा अनेक असर

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
सुमित्रा लुइटेल 
काठमाडौं

काठमाडौंकी एक नौ वर्षीया बालिकाको व्यवहारमा एक्कासी परिवर्तन आउन थाल्यो । पढाइमा अब्बल उनी बिस्तारै कमजोर हुँदै गइन् । घरमा आमाले भनेको कुरा मान्न छोडिन् । साथीहरूसँग बोल्न खेल्न पनि छोडिन् ।

छोरीको व्यवहारमा आएको परिवर्तनले आमालाई चिन्तित तुल्यायो । छोरीलाई केही स्वास्थ्य समस्या पो भयो कि भनेर उनलाई अस्पताल पुर्‍याइन् । परीक्षण गर्दा उनमा केही शारीरिक समस्या देखा परेन । समस्या पत्ता नलागेपछि उनलाई बाल मनोचिकित्सककहाँ पुर्‍याइयो ।

 

चिकित्सकले ती बालिकासँग उनको बारेमा र उनको परिवारको बारेमा केही कुरा सोधे । बालिकाले आफ्नो आमाबुबाको भएको झगडा, एक दिन एक्कासी बुबाले घर छोडेर गएर फर्केर नआएको कुरा बताइन् । बुबाले किन घर छोडेर जानु भयो ? फर्केर किन आउनु भएन ? भन्ने प्रश्न उनको मनमा खेलिरहेको थियो । बालिका र उनकी आमासँगको लामो कुराकानीपछि थाहा भयो, एक वर्षअघि मात्र आमाबुबाबीच सम्बन्धविच्छेद भएको रहेछ ।

१६ वर्षीय एक किशोर विद्यालयकै एक किशोरीलाई मन पराउँथे । उनले ती किशोरीलाई प्रेम प्रस्ताव राखे किशोरीले स्वीकारिन् पनि । करिब दुई महिना उनीहरूको प्रेम सम्बन्ध राम्रै रह्यो । तर पछि बिस्तारै सानो सानो कुरामा उनीहरूको झगडा हुन थाल्यो र किशोरी किशोरसँग बोल्न र भेट्न छाडिन् ।

आफूले माया गरेको व्यक्तिले बोल्न भेट्न छाडेपछि उनलाई सम्बन्धप्रति विश्वास लाग्न छाड्यो । उनी आठ वर्षको हुँदा उनको आमाले पनि बुबालाई छाडेर गएकी थिइन् । उनका आमाबुबाबीच सम्बन्धविच्छेद भएको थियो । उनले आमाबुबाबीचको सम्बन्धको बारेमा पनि सोच्न थाले । त्यसले उनलाई झन् पीडा दियो । उनलाई सम्बन्धमाथि विश्वास नै लाग्न छोड्यो ।

आमाबुबाको सम्बन्धविच्छेदका तत्कालीन असर मात्र होइन, कालान्तरमा पनि बालबालिकामा दीर्घकालीन असर पर्न सक्छ । पछि ती बालबालिका ठूला भएर अर्को सम्बन्धमा समस्या आउने पनि हुन सक्ने कार्की बताउँछन् ।
यही कुराले उनलाई तनाव हुन थाल्यो । धेरै तनावले एकान्तमा बस्ने, टोलाइरहने जस्ता लक्षण उनमा देखिन थाले । आफूलाई मन परेको मान्छेले छोडेर गएपछि अब बाँचेर केही अर्थ छैन भन्ने भाव मनमा उब्जिन थाल्यो । ती किशोरले आत्महत्याको प्रयास समेत गर्न पुगे । परिवारका सदस्यले थाहा पाएर उनलाई हतार–हतार अस्पताल पुर्‍याए र बचाउन सफल भए ।

यी दुई त प्रतिनिधिमूलक घटना मात्र हुन् । नेपालमा पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढिरहेका छन् । यसले पतिपत्नीको जीवन र मानसिकतालाई असर गर्छ । यसको असर पूरै परिवारमा पर्छ । बालबालिकामा अझ बढी यसको प्रभाव पर्छ ।

कुनै पनि बच्चाको बानी कस्तो हुन्छ, ऊ कसरी र कुन वातावरणमा हुर्किएको छ भन्नेमा भर पर्ने बाल मनोचिकित्सक डा. उत्कर्ष कार्की बताउँछन् ।

‘बालबालिकाको पालनपोषण र पारिवारिक सम्बन्धबीच गहिरो सम्बन्ध हुन्छ । कहिलेकाहीं आमाबाबुबीचको झगडाबाट पनि बालबालिका प्रभावित हुन्छन् । प्रायः मानिसहरूले यी कुरालाई बेवास्ता गर्छन्,’ उनी भन्छन्, ‘तर पारिवारिक वातावरण नराम्रो हुँदा बच्चामा कस्तो प्रभाव पार्छ, त्यो भविष्यमा देखिन थाल्छ ।’

बाल मनोचिकित्सक डा. उत्कर्ष कार्की
आमाबुबाबीचको सम्बन्धविच्छेदपछि बच्चाको वरपरको वातावरण, परिवार तथा विद्यालयको वातावरणले बालबालिकामा राम्रो नराम्रो कस्तो असर गर्छ भन्ने कुरालाई निर्धारण गर्ने डा. कार्की बताउँछन् । ‘दम्पतीबीचको सम्बन्धविच्छेदले बालबालिकामा तत्कालीन र दीर्घकालीन असर पनि पर्छ,’ उनी भन्छन् ।

बुबाआमाको सम्बन्धविच्छेदले बालबालिकामा पर्ने मनोवैज्ञानिक असर

१० वर्षभन्दा कम उमेरका बालबालिकामा सबै कुरा बुझ्ने क्षमता हुँदैन । त्यसैले एक्कासी आमाबुबाबीच सम्बन्धविच्छेद भएर छुट्टिंदा उनीहरूमा विभिन्न मनोवैज्ञानिक असर पर्छ । डराउने, आत्तिने, मेरो कारणले आमाबुबा छुट्टिनुभयो कि भनेर आफूलाई दोष दिने, रिसाउने, भनेको नमान्ने र उदास हुनेजस्ता व्यवहार बालबालिकाले देखाउने डा. कार्की बताउँछन् ।

१० वर्षमाथिका बालबालिका अलि बुझ्ने भइसकेका हुन्छन् । उनीहरूमा मन उदास हुने, पठनपाठनमा ध्यान नदिने, भनेको नमान्ने र साथीहरूसँग झगडा गर्नेजस्ता असर देखिने उनी बताउँछन् ।

‘उमेर अनुसार मात्र होइन, छोरा र छोरीमा पनि सम्बन्धविच्छेदको लक्षण फरक हुन सक्छ । छोरीहरूमा भावनात्मक असर बढी देखिन सक्छ । उनीहरू रुने, एक्लै बस्न रुचाउने, आत्मबल कम भएको महसुस गर्छन्,’ डा. कार्की भन्छन्, ‘छोराहरूको भने व्यवहारमा समस्या देख्न सकिन्छ । सानो कुरामा पनि रिसाउने, झगडा गर्ने, जिद्दी गर्ने र बदमासी गर्ने लगायत लक्षण देखिन्छ ।’

सम्बन्धविच्छेदको प्रक्रिया सुरु हुनुअघि नै अभिभावकबीच झगडा हुन्छ र त्यसलाई बालबालिकाले देखिरहेका हुन्छन् । त्यहींबाट बालबालिकामा मनोवैज्ञानिक असर पर्न सुरु हुने मनोचिकित्सक डा. सगुनबल्लभ पन्त बताउँछन् ।

सम्बन्धविच्छेदअघिको वादविवाद, लैंगिक हिंसाका घटना र बोलीको परिवर्तनले नै बच्चाहरूले भविष्यप्रतिको अनिश्चितता देख्छन थाल्छन् । त्यसले उनीहरुमा डर, चिन्ता र आत्तिने समस्या आउँछ । सम्बन्धविच्छेदपछि बच्चा बुबा वा आमा एक जनासँग बस्नुपर्ने हुन्छ । एक अभिभावकसँग छुट्टिंदा बच्चामा एक प्रकारको एक्लोपन, दिक्दारी र नैराश्यता जस्ता लक्षण देखिन्छ । उनीहरूले ठूला व्यक्तिले जस्तो सिधै देखाउन भन्न सक्दैनन् । तर व्यवहारमा देखिन थाल्छ । अनिद्रा, नराम्रो सपना देखेर एक्कासी ब्युँझने, पढाइ बिग्रिन थाल्ने, साथीहरूसँगको सम्बन्धमा समस्या आउन थाल्ने, शान्त बच्चा आक्रामक हुने लगायतका लक्षण देखिने पन्त बताउँछन् ।

‘१६ वर्षमाथिका बच्चामा भने वयस्कलाई जस्तै मानसिक रोगको लक्षण पनि देखिन सक्छ । उनीहरूमा डिप्रेसन, एन्जाइटी र आत्महत्याको प्रयाससम्मका समस्या पनि देखिन सक्छ,’ उनी भन्छन् ।

मनोचिकित्सक डा. सगुनबल्लभ पन्त
आमाबुबा दुवैको साथमा बसिरहेका बच्चा एक्कासी दुईमध्ये एक जनासँग मात्र बस्नुपर्ने, आमा वा बुबामध्ये एक जना मात्रै रोज्नुपर्ने जस्ता परिस्थिति आउँदा उनीहरुलाई धेरै गाह्रो हुने बाल मनोचिकित्सक डा. कार्की बताउँछन् ।

‘आमाबुबाबीचमा सम्बन्धविच्छेद भयो बच्चा आमासँग बस्ने भयो तर आमाको कमाइ छैन भने त्यो अवस्थामा पनि बच्चाले नै त्यसको सजाय भोग्नुपर्ने हुन्छ,’ डा. कार्की भन्छन्, ‘आर्थिक अवस्था कमजोर हुँदा उसको पढाइदेखि लिएर आधारभूत आवश्यकतामा असर गर्छ र त्यसले पनि उसमा मनोवैज्ञानिक असर गर्छ ।’

दम्पतीको सम्बन्धविच्छेदपछि केहीले अर्को विवाह पनि गर्छन् । आमा वा बुबाको जीवनमा नयाँ मान्छे भित्रिएपछि बच्चाको जीवनमा पनि नयाँ मान्छे थपिने भयो । उसले त्यो नयाँ मान्छेलाई आमा वा बुबाको दर्जा दिनुपर्‍यो । त्यो नयाँ व्यक्तिले उसलाई माया गर्छ कि गर्दैन भन्ने पनि उसलाई थाहा हुँदैन । त्यो नयाँ व्यक्ति नयाँ परिवारसँग घुलमिल हुन पनि बच्चालाई केही समय गाह्रो हुने कार्की बताउँछन् ।

दीर्घकालीन असर

जय भगवति मेलौली सुनचाँदी

आमाबुबाको सम्बन्धविच्छेदका तत्कालीन असर मात्र होइन, कालान्तरमा पनि बालबालिकामा दीर्घकालीन असर पर्न सक्छ । पछि ती बालबालिका ठूला भएर अर्को सम्बन्धमा समस्या आउने पनि हुन सक्ने कार्की बताउँछन् ।

अभिभावकको सम्बन्धविच्छेद देखेका, भोगेका बालबालिकामा दीर्घकालीन रूपमा पनि समस्या देखिन सक्ने पन्त बताउँछन् । ‘ती बालबालिका ठूलो भएपछि वा विवाहपछि उनीहरूको पनि पार्टनरले छाडेर जान्छन् कि, सम्बन्ध नराम्रो पो हुन्छ कि भन्ने चिन्ता रहिरहन्छ,’ उनी भन्छन् ।

सम्बन्धविच्छेदपछि बच्चालाई झुटो आश्वासन दिनुहुँदैन । छुट्टिसकेपछि आमा वा बुबा फेरि फर्किएर आउँछन् भनेर उनीहरुलाई आश्वासन दिनुहुँदैन ।
सम्बन्धविच्छेदले बच्चामा नराम्रो असर मात्र पनि गर्दैन

दम्पतीबीचको सम्बन्धमा दरार आउँदा परिवारमा दैनिक झगडा, कुटपिट हुन्छ भने त्यसले बच्चालाई झनै नकारात्मक असर पारिरहेको हुन्छ । यस्तो अवस्थामा दम्पतीबीच सम्बन्धविच्छेदले बालबालिकामा सकारात्मक असर परेको पनि धेरै उदाहरण भएको कार्की बताउँछन् ।

‘सम्बन्धविच्छेदले सबै बालबालिकामा एकै प्रकारको असर पर्दैन र सबै बालबालिकामा नराम्रो असर नै पर्छ भन्ने पनि छैन,’ उनी भन्छन् ।

सबै सम्बन्धविच्छेद भएका दम्पतीको बच्चामा एकै खाले वा नराम्रो असर पर्छ भन्ने हुँदैन । यदि महिला–पुरुष दुवै सक्षम छन् दुवैले बच्चाको हेरचाह राम्ररी गर्न सक्छन् भने त्यस्ता दम्पतीबीचको सम्बन्धविच्छेदले भने बच्चामा नकारात्मक असर नपर्ने समाजशास्त्री डा. टीकाराम गौतम बताउँछन् ।

सामाजिक असर

विभिन्न सामाजिक आर्थिक कारणले गर्दा नै दम्पतीबीच सम्बन्धविच्छेद हुने गर्छ । सम्बन्ध विच्छेदले गर्दा पनि त्यो परिवारको सामाजिक पृष्ठभूमिसँग जोडिएर समाजमा विभिन्न असर गर्छ ।

सम्बन्धविच्छेदको असर दम्पतीमा भन्दा बालबालिकामा बढी पर्ने समाजशास्त्री डा. गौतम बताउँछन् । ‘बच्चाले बाबुआमाबाट सम्पूर्ण माया, संरक्षण पाएका हुन्छन् । बालबालिकाको सम्पूर्ण जिम्मा आमाबुबाको मात्र भएको हुँदा उनीहरू छुट्टिंदा त्यसको प्रत्यक्ष असर बालबालिकामा पर्छ,’ उनी भन्छन् ।

‘हाम्रो राज्य संरचना र सामाजिक परिवेश अनुसार आमाबाबुले नै बच्चाको सबै जिम्मा लिनै पर्छ । बालबालिका कसैको बच्चा मात्र नभएर राज्यको एउटा नागरिक पनि हो,’ गौतम अगाडि भन्छन्, ‘तर राज्यले यो विषयमा ध्यान नै दिएको छैन ।’

बालबालिकाको सम्पूर्ण जिम्मा लिने आमाबुबा छुट्टिंदा र बच्चाको जिम्मा लिने अर्को बलियो संयन्त्र तथा निकाय नहुँदा बालबालिका एक्लिने उनी बताउँछन् ।

धेरै सम्बन्धविच्छेदका घटना अभाव, बेमेल, असमानता र हिंसासँग जोडिएको हुन्छ । यस्ता घटनासँग जोडिएका प्रायः दम्पतीको पारिवारिक पृष्ठभूमि आर्थिक र सामाजिक हिसाबले कमजोर हुने गौतम बताउँछन् ।

‘आर्थिक सामाजिक रूपमा कमजोर जोडीहरूले सम्बन्धविच्छेद गर्दा बालबालिकाको लागि आवश्यक पर्ने न्यूनतम आवश्यकताको सुनिश्चितता त्यो जोडीले गर्न सक्दैनन्,’ उनी भन्छन्, ‘जसले बच्चाको मनोविज्ञान, सामाजिक सम्बन्ध शिक्षा, स्वास्थ्य र विभिन्न सुविधाहरूको पहुँचमा नकारात्मक असर पर्ने सम्भावना रहन्छ ।’

यदि सम्बन्धविच्छेद गर्ने जोडीको सामाजिक–आर्थिक परिवेश कमजोर छ भने सम्बन्ध विच्छेदपछि उनीहरूको बच्चाको सामाजिक मनोविज्ञान, सामाजिक सुरक्षा र सामाजिक सम्बन्धमा नकारात्मक असर पर्छ । बालबालिकाले म एक्लै भएँ, मैले दुःख पाएँ वा मेरो कोही छैन, मलाई संरक्षण गर्ने कोही छैन भनेर सोच्ने गौतम बताउँछन् । जसले उनीहरूको शिक्षा, स्वास्थ्य, दैनिकी र साथीभाइसँगको सम्बन्धमा असर पर्छ ।

बालबालिकालाई सम्बन्धविच्छेद पछिको असरबाट कसरी बचाउने ?

सम्बन्धविच्छेदपछि बच्चाको जिम्मेवारी आमामा आयो, तर बुबा पनि समय–समयमा भेट्न आउने, आफ्नो सन्तानसँग समय बिताउने गरेमा उसमा नकारात्मक असर नपर्न सक्छ ।

सम्बन्धविच्छेदपछि श्रीमान् श्रीमतीको सम्बन्ध नभए पनि बच्चालाई ‘सहअभिभावकत्व’ देखाइरहे भने विभिन्न मनोवैज्ञानिक समस्याबाट बचाउन सकिने डा. कार्की बताउँछन् । सम्बन्धविच्छेदको प्रक्रियामा दम्पती गएका छन् र उनीहरुबीच दैनिक झैझगडा हुन्छ भने बालबालिकालाई त्यो परिस्थितिमा टाढै राख्नुपर्छ ।

बच्चाको दैनिकीलाई प्रभावित नपारी आमाबुबाले नै आफूहरुको समस्यालाई सल्टाउनुपर्ने कार्की सुझाउँछन् ।

‘दम्पतीबीच सम्बन्धविच्छेद हुँदैछ भने बच्चालाई उसले बुझ्ने भाषामा त्यसबारे बताउनुपर्छ । यसो गर्दा बच्चा केही मात्रामा भए पनि तयार हुन्छ,’ उनी भन्छन्, ‘उसलाई थाहै नदिई अचानक सम्बन्धविच्छेद भयो भने उसले त्यो परिस्थितिको सामना गर्न सक्दैन ।’

सम्बन्धवच्छिेदपछि बच्चालाई झुटो आश्वासन दिनुहुँदैन । छुट्टिसकेपछि आमा वा बुबा फेरि फर्किएर आउँछन् भनेर उनीहरुलाई आश्वासन दिनुहुँदैन । ‘प्रष्ट रूपमा बताइदिनुपर्छ कि अब हामी छुट्टियौं कहिलेकाहीं भेट्न आउँछु । तर अब एउटै घरमा सँगै सधैं बस्दैनौं भन्नुपर्छ,’ कार्की भन्छन्, ‘जसले गर्दा उनीहरू त्यसै अनुसार तयार हुन्छन् ।’

आमा वा बुबासँग छुटिएर बस्दा उनीहरू रिसाए, रोए, कराए भने तुरुन्त प्रतिक्रिया दिनु हुँदैन । उनीहरुलाई गाली गर्नुको सट्टा भावना बुझेर सम्झाउनुपर्छ ।

कार्की सुझाउँछन्, ‘सम्बन्धविच्छेदपछि दुवैले सहअभिभावकत्व निभाएर बच्चालाई समय दिनुपर्छ । उनीहरूसँग घुम्न जानुपर्छ । फिल्म हेर्न जाने गर्दा बच्चाको मनोविज्ञानमा नकारात्मक असरले ठाउँ लिन पाउँदैन ।’

साभारः अनलइनखबर

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page