Vutla
Laxmibhuwan sun chadi

बैतडीका ३ जना किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीका ३ जना किसानहरुलाई भीमदत्त उत्कृष्ट कृर्षक पुरस्कार प्रदान गरिएको छ । पाटन नगरपालिका ९ की जयन्ती विजले, मेलौली नगरपालिका ६ का चिन्तामणी भट्ट, दशरथचन्द नगरपालिका ९ का महेश पाण्डेयलाई भीमदत्त उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो । सोमबार एक कार्यक्रमकाबीच कृषि ज्ञान केन्द्र बैतडीको सभाहलमा जनही २५ हजार नगतसहित प्रमाणपत्र प्रदान गरेर तीनै जना कृषकहरुलाई सम्मानित गरिएको हो ।

जय भगवति मेलौली सुनचाँदी

प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार बैतडीका ३ जना किसानलाई पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

उत्कृष्ट किसानहरुलाई प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दोसल्लासहित पुरस्कार प्रदान गरेका थिए । किसानहरुलाई पुरस्कार प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी पन्थीले कृषि पेशाबाटै राम्रो गरेका किसानहरु पुरस्कृत भएकोमा खुसी व्यक्त गरे ।

पुरस्कृत भएका कृषकहरुले पनि यो पुरस्कारबाट कृषि पेसामा लाग्न थप उर्जा मिलेको बताए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page