


बैतडी -प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ३ स्थित श्रीकोट स्वास्थ्य चौकी मा चौबिसै घण्टा स्वास्थ्य सेवा सुरु भएको छ स्वास्थ्यचौकीमा आजदेखि चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा पाइने भएको छ । आज एक कार्यक्रमकाबीच स्वास्थ्यचौकीलाई चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा दिने संस्थाको रुपमा घोषणा गरिएको छ ।

स्वास्थ्य संस्थामार्फत चौबिसै घण्टा आकस्मिक सेवा प्रदान गरिने स्वास्थ्यचौकी इञ्चार्ज बिर सिंह भाटले बताए । यसअघि चौबिसै घण्टा सुरक्षित प्रसूती सेवा दिइरहेको स्वास्थ्य संस्थाले अब अन्य आकस्मिक सेवाहरु पनि चौबिसै घण्टा प्रदान गर्ने भाटले बताए । श्रीकोट स्वास्थ्य चौकि सन्चालन तथा ब्यवस्थापन समिति अध्यक्ष एवं वडा नं ३ का अध्यक्ष कमल राम सार्किको अध्यक्षतामा बैठक सन्चालन गरि स्वास्थ्य चौकिमा चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा सन्चालन गरिएको बताए।
दोगडाकेदार गाउँपालिकाको कार्यपालिका बैठकले पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरूमा चौबिसै घण्टा हाल कार्यरत जनशक्तिले नै आकस्मिक सेवा उपलब्ध गराउने निर्णय गरेको थियो ।
दोगडाकेदार गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा नागरिकको समस्यालाइ मध्यनजर गर्दै श्रीकोट स्वास्थ्यचौकीमा चौबिसै घण्टा आकस्मिक सेवा सन्चालन गरेकोमा आम नागरिकहरुले खुसि ब्यक्त गरेका छन।




