Vutlaxapu
Laxmibhuwan sun chadi

एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन हुँदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेकपा एमालेको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि आज सोमबार प्रतिनिधि चयन हुँदैछ ।

असोज २१ र २२ गते धनगढीमा हुने अधिवेशनका लागि आज प्रदेशका सबै ९ जिल्लाका ३२ प्रदेशसभा निर्वाचन क्षेत्र र ८८ स्थानीय तहमा प्रतिनिधि छनोट गर्ने कार्यक्रम रहेको छ ।

प्रदेशभरिबाट अधिवेशनका दलागि ६ सयभन्दा बढी प्रतिनिधि चयन हुनेछन् ।

स्थानीय तहमा १ सय जना संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने व्यवस्था छ ।

जय भगवति मेलौली सुनचाँदी

प्रतिनिधिमा ३३ प्रतिशत महिला र १० प्रतिशत युवाको प्रतिनिधित्व अनिवार्य गरिएको छ भने सम्बन्धित भूगोलमै बसोबास गर्ने व्यक्ति प्रतिनिधि बन्न पाउनेछन् ।

प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ७५ जना पार्टी सदस्य बराबर एक जना दलित प्रतिनिधि छनोट गर्ने व्यवस्था छ ।

मजदुर इलाका कमिटीबाट ५० सदस्य बराबर एक जना प्रतिनिधि चयन हुनेछन् ।

प्रतिनिधि चयनका लागि सबै पालिका र निर्वाचन क्षेत्रमा खटाइएका सहजकर्ताले सम्बन्धित क्षेत्रबाट चयन भएका प्रतिनिधिको नामावली जिल्ला कमिटीमा पठाउने, जिल्ला कमिटीले प्रदेश कमिटीलाई पठाउने र प्रतिनिधिबारे अन्तिम निर्णय प्रदेश कमिटीले गर्ने कार्यविधि तय गरिएको छ ।

प्रदेश कमिटीका पदाधिकारी र सदस्य बन्न प्रतिनिधि चयन भएर आउनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page