



बैतडी -सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते भएका छन् । बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रज्वलन महर्जनले बताए ।बझाङमा भूकम्पबाट घाइते भएकाहरू ५ जना बालबालिका हुन् ।
घाइतेहरूको अवस्था सामान्य छ ।मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको थियो ।




