Vutlaxapu
Laxmibhuwan sun chadi

डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पटेलको हाजिर भएको ८ दिनमै सरुवा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रञ्जय पटेल सरुवा भएका छन् । गाउँपालिकामा हाजिर भएको आठ दिनमा नै सरुवा भएका हुन् । पटेल असोज ८ गते हाजिर भएका थिए ।

 

जय भगवति मेलौली सुनचाँदी

उनको सर्लाहीको धनकौल गाउँपालिका सरुवा भएको हो । प्रमुख प्रशासकीय अधिकृत पटेलेको हाजिर भएको आठ दिनमै सरुवा भएको गाउँपालिकाका प्रवक्ता यज्ञ राज भट्टले जानकारी दिए ।

 

मन्त्रालयले पटेललाई डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गत भदौमा खटाएपनि उनि असोज ८ गते देखि कार्यालयमा हाजिर भएका थिए ।

 

मन्त्रालयबाट सरुवाको पत्र आएपछि आफु डिलाशैनीबाट सर्लाहि जान लागेको उनले बताए । आफुलाई संघीय मामिला तथा सामान्य मन्त्रालयले सर्लाहीको धनकौल गाउँपालिकामा सरुवा गरेको उनको भनाई छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page