


बैतडी -प्रकाश भट्ट, पंचेश्वर गाउँपालिका वडा नं १मा वडा स्तरीय पोषण तथा खाध सुरक्षा अनुगमन समितिले शुक्रबार पञ्चेश्वर गाउँपालिका वडा नं १का विभिन्न खाद्यान्न पसल अनुगमन गरी म्याद नाघेका सामान नष्ट गरेको छ।

अनुगमन समितिका संयोजक एवं वडा नं १का वडाध्यक्ष दिवान शार्कि नेतृत्वको टोलीले पञ्चेश्वर गाउँपालिका वडा नं १ मा रहेका खाद्य पसल अनुगमन गरेको हो। अनुगमनका क्रममा बिभिन्न किराना पसलहरु बाट म्याद नाघेका अखाद्य बस्तु हरु जफत गरी पसल धनिकै अगाडि नष्ट गरिएको सँयोजक सार्किले बताए।
यस्तै सामान खरिद गर्दा म्याद हेरेर मात्रै खरिद गर्न आम उपभोक्ताहरुलाइ सुझाव दिइएको अनुगमन समिती सदस्य एंव पञ्चेश्वर स्वास्थ्य चौकि इन्चार्ज शुरेश सार्कीले बताए।
अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई यथासिघ्र दर्ता गर्न सल्ला दिईएको अनुगमन समिती संयोजक एबं वडा नं १ अध्यक्ष दिवान शार्किले बताए।




