


बझाङ -बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।

शनिबार मध्यान्ह ११:४५ बजे बझाङको भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको हो।
मंगलबारयता बझाङमा मात्रै १३ वटा भूकम्पका धक्का महसुस भएका छन्। गत मंगलबार दिउँसो २: ४०मा पहिलो पटक ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो।




