Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले प्रदेश कमिटी अध्यक्षमा जैशी सर्वसम्मत चयन, बैतडीबाट १० सदस्य निर्विरोध चयन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा मनायन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैशी निर्विरोध निर्वाचित भएका हुन् ।

 

निवर्तमान प्रदेश सचिवालय सदस्य रहेका जैशी तत्कालीन अछाम जिल्ला विकास समितिका सभापति थिए ।

 

उपाध्यक्षमा पनि बाजुराका कालीबहादुर शाही सर्वसम्मत भएका छन् । मनोनयन दर्ता गराएका हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्र बहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत उपाध्यक्ष चयन भएका हुन् ।

 

सचिवमा कैलालीका रणबहादुर चन्द पनि सर्वसम्मत चयन भएका छन् । उपसचिव(खुल्ला) मा कञ्चनपुरका नरबहादुर बिक र उपसचिव (महिला )कैलालीकि भागरथी बिष्ट चयन भएकी छन् ।

 

जय भगवति मेलौली सुनचाँदी

१सय ५५ सदस्यीय प्रदेश कमिटीमा बैतडी जिल्लाबाट १० जना सदस्य निर्विरोध निर्वाचित भएकाछन् । बैतडीबाट निर्विरोध चयन हुने सदस्यहरुमा कर्ण कुवर, जंगदेव भट्ट, धर्मानन्द भट्ट, भक्त बहादुर बिष्ट, सरस्वती नेपाली, भरत मडै, बलभद्र दयाल, रमेश लुहार र जय बहादुर कुवर रहेकाछन् । यसैगरी बैतडीका धनीराम लोहार प्रदेश लेखा आयोग उपाध्यक्ष चयन भएकाछन् ।

 

बैतडीबाट महिला कलस्टरमा ४ जनाको कोटा रहेकोमा ५जनाले उम्मेदवारी दिएका कारण चुनाव भैरहेको छ । महिलाबाट चन्द्रकला साउद, जानकी अवस्थी, जानकी ऐर बम, बिस्ना चन्द र लिला बिष्टले उम्मेदवारी दिएकाछन् ।

 

यसअघि युवा कलस्टरमा समेत २जनाले उम्मेदवारी दिएकोमा रमिल बमले उम्मेदवारी फिर्ता लिएपछी जयबहादुर कुवर निर्वाचित भएका हुन् ।

 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि निर्वाचन प्रक्रिया लम्ब्याएर मंगलबारदेखि नेताहरू सर्वसम्मतिको प्रयासमा लागेका थिए ।

 

विभिन्न पदमा आकांक्षा राखेका उम्मेदवारहरूलाई अन्यत्र व्यवस्थापन गर्ने आश्वासनसहित उम्मेदवारी फिर्ता गराएका हुन् ।

 

अन्तिम समयमा नेता भीम रावल निकट मानिएका अध्यक्ष पदका उम्मेदवार भरत साउदले उपसचिवमा आफू निकट नरबहादुर बिकका नाममा सहमति खोजेका थिए । नेताहरूले बिकका नाममा सहमति गरेछि सबै पदाधिकारी सर्वसम्मत चयन हुने अवस्था आएको हो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page