Vutlaxapu
Laxmibhuwan sun chadi

मिनिट्रकमा सवार बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा मेलौलीका ओझा पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -मिनिट्रकमा सवार बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा बैतडीबाट मिनिट्रकसहित चालक पक्राउ परेका छन् ।

महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर आउदै गरेको से १ ख १९७९नम्बरको मिनिट्रक र सोही ट्रकका चालक मेलौली नगरपालिका ७ का महेस ओझालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए ।

जय भगवति मेलौली सुनचाँदी

सोही मिनिट्रकमा सवार रहेकी बालिकालाई जबरजस्तीकरण गरेको आरोप लागेको र ट्रक सहित चालक ओझालाई पाटन नगरपालिका ६ को हिरापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

करणीमा परेकी ती किशोरी अत्तरियबाट बैतडी आउन भन्दै मिनिट्रकमा बसेकी थिइन् । बिहिबार राती बुडरमा बस्ने क्रममा मिनि ट्रकमा आफुमाथि चालक ओझाले जबरजस्तीकरणी गरेको भन्दै ती बालिकाले प्रहरीलाई जानकारी गराएपछि नियन्त्रणमा लिइएको बुझिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page