Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडी सदरमुकाममा खानेपानीको समस्या

होटल ब्यवसायी भन्छन हात धुन पानी छैन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडी जिल्ला सदरमुकाम गोठालापनीमा खानेपानीको समस्या भएको छ। केहिदिन यतादेखि खानेपानीको समस्या भएको होटेल ब्यबसायि सुरेन्द्र सिंह धामीले वताए ‘उनले भने ‘मासिक एक /एक लाख भाडा तिरेर व्यवसाय सन्चालन गर्नुपर्ने अवस्थामा छ पानीको कारण व्यवसाय ठप्प हुने अवस्था आएको छ। दशैको बेला छ यात्रुहरु आउछन हात धुन पानि छैन। यस्तै अर्का ब्यवसायी केशब बोगटीले पहिला खानेपानीको मुहान नजिक हुदा एकजना कर्मचारीले पनि पानि सहजै उपलब्ध गराएको र अहिले कर्मचारीको संख्या बढि हुदा समेत समस्या झन जटिल रहेको बताए। साथै उनले खानेपानी उपभोक्ता समितिको चरम लापरवाहीका कारण यस्तो समस्या आएको बताए।

जय भगवति मेलौली सुनचाँदी

सम्बन्धित बिषयमा दसरथचन्द नगरपालिका खानेपानी उपभोक्ता समितिका अध्यक्ष धर्मराज पाण्डेय संग बुझ्दा खानेपानीको मुहान सात किलोमिटर टाढा रहेको बताए ‘उनले भने ‘खानेपानीको मुहान सात किलोमिटर टाढा छ,पाइपभित्र माटो जमेर प्रतेक बर्ष पानी घट्दै गइरहेको अवस्था छ,पानि आपुर्ति गर्न सकिएको छैन’दोस्रो मुहानको पानि तान्ने प्रकृया अघि बढिसकेको छ। दोस्रो पानीको मुहान मिसाउने बितिक्कै सहजै पानिको परिपुर्ति गर्न सहज हुनेछ।

उक्त खानेपानी आयोजनाबाट जिल्ला सदरमुकाम र आसपासका ११ सय बढि उपभोक्ताले खानेपानी उपभोग गर्दै आएका छन।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page