



बैतडी-धनगढीदेखि बझाङ जाँदै गरेको यात्रुवाहक बस ठुलो दुर्घटनाबाट जोगिएको छ ।धनगढीबाट बझाङ जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख १९८३ नम्बरको बस आज बिहान भीरमा अड्किएर जोगिएको हो ।प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक नेत्र गिरीका अनुसार बझाङको जय पृथ्वी नगरपालिका–७ सुबेडा खड्केतोला नजिकै बसको पट्टा भाँचिएर स्लिप खाएर भीरमा अड्केको हो । मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।
सडक निर्माणाधीन सो ठाउँमा फराकिलो सडक नहुँदा अहिले ठुला यातायात ठप्प रहेको र साना सवारीहरू भने सुचारु रहेको जनाइएको छ ।




