



बैतडी – प्रकाश भट्ट -बैतडीमा भिरबाट लडेर एकजनाको मृत्यू भएको छ।जिल्लाको पाटन नगरपालिका वडा नंवर ४ कुणि बस्ने अन्दाजी ३५ वर्षिय बिरसिंह बिष्टको सोहि वडाको लिसनगड भिरमा खसेर गम्भिर घाइते भएपछि उपचारको सिलसिलामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए ।
बिष्ट कार्तिक ५ गते देहिमाण्डौ मेलाबाट फर्किने क्रममा लिसनगड भिरमा खसेर गम्भिर घाइते भएका थिए। गम्भिर घाइते भएपछि बिष्टलाइ उपचारका लागि डडेल्धुरा लगिएको थियो। डडेल्धुरामा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको थियो। घाइते बिष्टको धनगढीमा उपचारको सिलसिलामा कार्तिक ६ गते मुत्यु भएको हो।




