Vutlaxapu
Laxmibhuwan sun chadi

धनगढीमा अत्याधुनिक क्रिकेट रङ्गशाला बनाउने प्रक्रिया सुरु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी । सुदूरपश्चिम प्रदेशमा ५० हजार दर्शक अट्ने अत्याधुनिक क्रिकेट रङ्गशाला निर्माण हुने भएको छ । कैलालीको धनगढीमा फाप्ला क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया अगाडि बढेसँगै नेपालमा केही वर्ष भित्रै अत्याधुनिक क्रिकेट रङ्गशाला तयार हुने देखिएको हो ।

सरकारले अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला तथा खेल ग्रामको पूर्वाधार निर्माणका लागि जग्गाको भोगाधिकार दिएसँगै क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढ्ने भएको हो ।

 

अहिले फाप्ला क्रिकेट मैदान तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समितिले पनि काम अगाडी बढाइरहेको छ । समितिले रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको प्रक्रिया अगाडी बढेको जनाएको छ ।

 

फाप्लाका परिकल्पनाकार समेत रहेका विकास समितिका अध्यक्ष सुवाश शाहीले डीपीआर निर्माणको तयारीमा जुटेको भन्दै केही समयमै टेन्डर आह्वान गरिने जानकारी दिए ।

 

‘विकास समितिले डीपीआर निर्माणको तयारी गरिरहेको छ । डीपीआरको लागि टेन्डर आह्वान हुनेछ’ समितिका अध्यक्ष शाहीले भने, ‘परियोजनाको डीपीआर नै सबैभन्दा ठूलो कुरा हो । डीपीआर तयार भएपछि रङ्गशाला तयार हुन समय लाग्दैन ।’

 

जय भगवति मेलौली सुनचाँदी

अध्यक्ष शाहीले डीपीआर तयार भएको २ वर्ष भित्रै ५० हजार दर्शक अटाउने अत्याधुनिक रङ्गशाला तयार हुने बताए ।

 

सरकारले धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणका लागि साढे ३८ बिघा जमिनको भोगाधिकार दिएको छ । १ करोड ७५ लाख बजेट विनियोजन गरिएसँगै डीपीआर निर्माणको प्रक्रिया सुरु गर्ने तयारी गरिएको उनले बताए ।

 

गत वर्षको वैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो । उक्त आदेश बमोजिम मन्त्रिपरिषद्ले समितिलाई पूर्णता दिएसँगै निर्माणको प्रक्रिया सुरु भएको हो ।

विकास समिति आदेशमा रङ्गशाला तथा खेल ग्राम निर्माणमा मुख्य कार्यकारी भूमिका रहने ९ सदस्यीय समिति हुने व्यवस्था गरिएको छ।

शाही अध्यक्ष रहेको समितिमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख उक्त समितिको पदेन सदस्य छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई कैलालीका प्रमुख, कैलाली उद्योग वाणिज्य सङ्घ अध्यक्ष र नेपाल सरकारले मनोनयन गरेकी कल्पना दिवाकोटी (महिला सदस्य) छिन् ।

 

समितिले क्रिकेट मैदान तथा खेल ग्राम निर्माणको डीपीआर तयार गरी स्वीकृत गर्नेछ । संरचना निर्माण गर्दा प्रचलित कानुन बमोजिम गर्नुपर्ने प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गराउने, संरचना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने, क्रिकेट मैदान तथा खेल ग्रामको पूर्वाधार निर्माण सम्पन्न गर्ने, पूर्वाधार निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापनको खाकासहित नेपाल सरकारलाई हस्तान्तरण गर्ने लगायतका जिम्मेवारी पूरा गर्नेछ ।

 

परियोजनाका लागि जम्मा १५ अर्बभन्दा माथि लागत अनुमान गरिएको छ । डीपीआर तयार भएको २ वर्ष भित्रै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला तयार गरिने छ । त्यसपछि बाँकी पूर्वाधार थपिँदै लैजाने तयारी गरिएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page