



बैतडी -बैतडीमा धान उत्पादनमा वृद्धि भएको छ । यस वर्ष जिल्लामा १६ हजार १३५ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान बैतडीले जनाएको छ। नौ हजार हेक्टर क्षेत्रफलमा यहाँका अधिकांश किसानहरु खुमल ४ र स्थानीय जातको धान खेती गर्दै आएका छन् । गत वर्ष बैतडीमा १६ हजार ९० मेट्रिक टन धान उत्पादन भएको थियो।समयमा नै रोपाँइ सम्पन्न भएको तथा भित्र्याउने बेलामा वर्षा नहुँदा गत वर्षको तुलनामा यस धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ।




