Vutlaxapu
Laxmibhuwan sun chadi

डडेल्धुराबाट ११ जना जुवा खालबाट पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

डडेल्धुराः डडेल्धुराबाट ११ जना जुवा खालबाट पक्राउ परेका छन्। सोमवार राति जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मौरोडास्थित धर्मराज जोशीको जस्ता पाताले छाएको बाँझो कच्ची घरबाट जुवाडे पक्राउ परेका हुन्।उनीहरूलाई सूचनाको आधारमा प्रहरीले पक्राउ गरिएको बताएको छ। पक्राउ पर्नेमा डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मौरडाका ४३ वर्षीय ओमप्रकाश जोशी, ६० वर्षीय गणेश चुनारा, २९ वर्षीय पूर्णबहादुर दमाई, ६१ वर्षीय उद्धब सार्की, ४० वर्षीय मनोजदत्त भट्ट र ३३ वर्षीय प्रकाश केसी रहेका छन्।

त्यस्तै सोही ठाउँका ४२ वर्षीय तेजबहादुर ऐर, २६ वर्षीय दीपक विक, ४० वर्षीय सुरेश भट्ट, अमरगढी नगरपालिका वडा नम्बर २ का ३४ वर्षीय दिनेशराज भट्ट र ३४ वर्षीय दीपक भण्डारी रहेका छन्।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page