Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिकाको घोडेधारमा जिप दुर्घटना, एक जनाको मृत्यु, ५ जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको हो भने ५ जना घाइते भएका छन् ।

दोगडाकेदारको वडा नं ८ बाट सिल्लेगडा आउदै गरेको से१ ज ६०३ नम्बरको बोलेरो जिप वडा नं ३ को घोडेधारमा दुर्घटना हुन पुगेको हो ।

जय भगवति मेलौली सुनचाँदी

जिपमा सवार दोगडाकेदार ८ का ३५ वर्षीय अम्मर बिष्टको घटनास्थलमै मृत्यु भएको हो ।

जिपमा सवार अन्य ५ जना घाइते भएका छन् ।

 

घाइते हुनेमा वडा नं ८ की ३० वर्षीय कलावती बिष्ट सोही ठाउँकी ४५ वर्षीया हिरा बिष्ट, सोही ठाउँका ४ वर्षीय रियाग बिष्ट, ७ वर्षीय सुसिला बिष्ट र ६० वर्षीय पदम बिष्ट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

घाइते कलावती र हिराको अवस्था गम्भिर रहेको छ । उनिहरुलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page