Vutlaxapu
Laxmibhuwan sun chadi

धनगढीमा बैँकका खाता ‘ह्याक’ गर्ने गिरोह प्रहरीको नियन्त्रणमा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः कैलालीस्थित धनगढीबाट बैँकका खाता ‘ह्याक’ गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीबाट खटिएको टोलीले नौ जनालाई पक्राउ गरेको हो।

जय भगवति मेलौली सुनचाँदी

नेपाल राष्ट्र बैँक, धनगढी नजिक कार्यालयनै स्थापना गरेर बैँकका खाताहरू ह्याक गर्ने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरूलाई बुधवार प्रदेश अपराध अनुसन्धानको टोलीले पक्राउ गरेको हो। लामो अनुसन्धानपछि बुधवार जिल्ला प्रहरी कार्यालय, कैलालीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको प्रहरीले बताएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले उनीहरु सबैको परिचय खुल्न बाँकी रहेको बताए।

जिल्ला प्रहरी कार्यालय, कैलालीमा मुचुल्का उठाउने काम जारी हरेको डिआइजी बोहराले बताए। उनीहरूको कार्यालयबाट १० वटा ल्यापटपसमेत बरामद गरिएको छ।उनीहरू भारतको दिल्लीमा समेत पक्राउ परेर छुटेको बुझिएको छ। अनुसन्धानमा रहेका प्रहरीका अनुसार नेपालबाट बैँक खाता ह्याक गरी उनीहरूले रकम विदेशसम्म पठाउने गरेका थिए। उनीहरूको विषयमा थप अनुसन्धान जारी रहेको छ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page