Vutlaxapu
Laxmibhuwan sun chadi

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’को तयारी तीब्र

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेकपा (एमाले)ले मङ्सिर १४ गतेदेखि सुरु गर्न लागेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को तयारी तिब्र पारिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको झण्डा फहराएर उद्घाटन गर्ने संकल्प यात्राको तयारी तिब्र पारिएको हो ।

जय भगवति मेलौली सुनचाँदी

नेकपा एमाले बैतडीले जिल्लाको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्मको ‘समृद्धिका लागि सङ्कल्प यात्रा, २०८०’को तयारी तिब्र पारेको जनाएको छ । नेकपा एमालेको जिल्ला कमिटिदेखि पालिका कमिटि, वडा कमिटि, जनवर्गीय संगठनले आवश्यक तयारी थालीसकेको नेकपा एमालेका जिल्ला कमिटिका उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।

संकल्प यात्राको व्यवस्थापनको लागि गठन गरिएका विषयगत समितिले पनि काम थालीसकेको उनले बताए । जनपरिचालनको लागि आवश्यक तयारी थालिएको नेकपा एमाले बैतडीले जनाएको छ ।

यो यात्रा मध्यपहाडी लोकमार्गकेन्द्रित हो । यही मंसिर १४ गते झुलाघाट बाट एमाले अध्यक्ष ओलीले बिहान ८ बजे संकल्प यात्राको समुदघाटन गर्नुहुने छ । त्यसपछि सहीद दशरथचन्दको साकिलमा माल्यर्पण कार्यक्रम हुने छ । त्यसपछि बिहान ११ बजे गोठलापानीमा विशाल आमसभाको आयोजना हुने नेकपा एमालेले जनाएको छ । नेकपा एमालेका अनुसार राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले १५ दिने अभियान आयोजना गर्न लागेको हो ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page