Vutlaxapu
Laxmibhuwan sun chadi

सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो?

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज तेस्रो दिन पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

सोमबार र मंगलबार पनि सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो। यस्तै, बुधबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ।

मंगलबार सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार छ सय रूपैयाँ बढी हो।

 

जय भगवति मेलौली सुनचाँदी

अघिल्लो दिन अर्थात् सोमबार तोलामा तीन सय रूपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।

मंगलबार प्रतितोला १ हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १ हजार पाँच सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनमा प्रतितोला २० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page