



बैतडी -सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना नपुग्दै ५३ वटा जबरजस्ती करणीका उजुरी प्रहरीमा दर्ता भएका छन्।प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार साउनदेखि हालसम्म ५३ वटा जबरजस्ती करणीका उजुरी दर्ता भएका हुन्। सबैभन्दा बढी कैलाली प्रहरीमा जबरजस्ती करणीका उजुरी दर्ता भएका छन्। सो अवधिसम्म कैलालीमा १६ वटा जबरजस्ती करणीका उजुरी दर्ता भएका छन्। कञ्चनपुरमा ११, बैतडीमा ९, बझाङमा पाँच, बाजुरामा चार, डडेल्धुरामा तीन, दार्चुलामा दुई र अछाममा एक उजुरी दर्ता भएको प्रहरीको तथ्यांक छ।




