Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलामा जेठाजुबाटै बुहारीमाथि कुटपिट, घाइतेको धनगढीमा उपचार हुँदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

दार्चुला- दार्चुलामा जेठाजुबाटै एक महिलामाथि कुटपिट भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ कसाडकी ३० वर्षीया बसन्ती ठगुन्नामाथि जेठाजु नाता पर्नेबाटै कुटपिट भएको हो।ठगुन्नालाई मङ्सिर १५ गते राति जेठाजु नाता पर्ने जयराम ठगुन्नाले कुटपिट गरेको पीडितको गुनासो छ। बसन्ती नौगाड गाउँपालिकाको कार्यपालिका सदस्य समेत हुन्। कुटपिटबाट टाउँको र अनुहारमा गहिरो चोट लागि घाइते भएकी ठगुन्नाको मङ्सिर १६ गते जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको जिल्ला अस्पताल, दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए।

रातिको समयमा घरभित्र प्रवेश गरी जेठाजुले निर्धात कुटपिट गरेको पीडितको गुनासो छ। पीडित पक्षले जयरामविरुद्ध मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र जयराम फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डिएसपी शिवबहादुर सिंहले बताए। अहिले बसन्तीको उपचार धनगढीको मायामेट्रो अस्पतालमा भइरहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page