



बैतडी – प्रकाश भट्ट,गत असोज २५ गतेदेखि बेपत्ता भएकी सुर्नयाकी एक युवतीको शव भेटिएको छ । सुर्नया गाउँपालिका–८ दोराका नरेन्द्र महराकी अन्दाजी २० वर्षीया छोरी कल्पना महराको झण्डै २ महिनापछि शव भेटिएको हो ।
कल्पना गत असोज २५ गते घरबाट बेपत्ता भएकी थिइन्।उनको स्थानिय कैलपाल सामुदायिक वनमा रुखमा झुण्डिएको अवस्थामा शव भेटीएको बैतडीका प्रहरी प्रवक्ता खेम बिक्रम केसीले जानकारी दिए । झुण्डिएको अस्थिपञ्जरसँग रहेको उनको कपडाको आधारमा शवको पहिचान गरिएको हो । स्थानीयले खोजि गर्ने क्रममा मंसिर २० गते सामुदायिक वनमा रुखमा झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको प्रहरि प्रवक्ता केसीले जानकारी दिए ।




