


शंकर दत्त अवस्थी महेन्द्रनगर -हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा महेन्द्रनगर शाखा मा कार्यरत एजेन्सी मेनेजर प्रकाश दत्त भट्ट एमडीआरटी र इमेरजिङ स्टार बन्न सफल भएको शाखा प्रमुख पुष्पा चन्द ले बताए।

विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबलमा सहभागी हुन योग्य भएका भट्टलाई संस्थाका प्रदेश प्रमुख राम बहादुर शाही,उप प्रमुख प्रमानन्द पन्त लगायतले सम्मान पत्र सहित सम्मान गरेका हुन।
सम्पन्न कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी प्रदेश प्रमुख राम बहादुर साहि प्रमुख अतिथी रहनुभएको थियो भने प्रदेश उप- प्रमुख प्रमानन्द पन्त विशिष्ट अतिथि रहनुभएको थियो र कार्यक्रम मा हिमालय लाइफ इन्स्योरेन्स मा कार्यरत ४० जना अभिकर्ता हरुको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै प्रदेश उप प्रमुख परमानन्द पन्त ले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी ले सुदुरपस्चिम प्रदेशमा चार जना एम.डि.आर.टि हिमालय लाइफ इन्स्योरेन्स ले बनाउन सफल भएको बताए।




