


धनगढीः सुदूरपश्चिममा बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ।

चालु आर्थिक वर्षको ६ महिनामा प्रदेश सरकारले विनियोजन गरेको कुल बजेटको १४ प्रतिशत पनि खर्च गर्न सकेको छैन। यो अवधिमा पचास प्रतिशत बजेट कार्यान्वयन भइसक्नुपर्नेमा १३ दशमलव १९ प्रतिशत मात्रै कार्यान्वयन भएको पाइएको हो। बजेट समयमा कार्यान्वयन नहुँने समस्या सुदूरपश्चिममा यस वर्ष पनि देखा परेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २४ करोड ५२ लाख ५० हजार बजेट विनियोजन गरेको छ। चालुतर्फ ११ अर्ब ९३ करोड ९० हजार र पुँजीगततर्फ १७ अर्ब १ करोड ५१ लाख ६० हजार बजेट विनियोजन गरिएको छ। तर, आर्थिक वर्षको आधा समय सकिनै लाग्दा समेत बजेट कार्यान्वयनको अवस्था निरासाजनक देखिएको छ। कुल बजेटको १३ दशमलव १९ प्रतिशत मात्रै प्रदेश सरकारले खर्च गर्न सकेको हो।




