


बैतडी, प्रकाश भट्ट -बैतडीको डिलाशैनि गाउँपालिकाले कक्षा (६-८)का विज्ञान बिषयका शिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले २ दिने तालिमको आयोजना गरेको छ। सेटिगाँउ माध्यमिक बिद्यालयमा तालिमको आयोजना गरिएको हो।

कारखाना नेपाल सँस्थाको समुन्वयमा २ दिने तालिमको आयोजना गरिएको हो।यस कार्यक्रमले कक्षा पाठ्यक्रम सम्बन्धी शैक्षिक कृयाकलाप, माध्यमिक तहका बिधार्थी र शिक्षकहरुसँग सहजिकरण गर्ने,विज्ञान बिषय पढ्ने इच्छुक बिधार्थीको चाहना बृद्धि गर्ने, शैक्षिक कृयाकलापहरुलाइ प्रयोगात्मक विधि अपनाएर पठनपाठन गराउने उदेश्यले तालिमको आयोजना गरिएको गाउँ पालिका अध्यक्ष सन्तोष जोशिले बताए।
साथै अध्यक्ष जोशिले प्रतेक माध्यमिक बिधालयको एउटा कक्षाकोठामा गुणस्तरीय बनाउने जसमा विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगसाला बनाइ पठनपाठन साथै अभ्यास गराउने लक्ष्य भएको बताए।





