Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा सार्वजनिक स्थानमा धूम्रपान गरे कारबाही हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडी प्रहरीले सार्वजनिक स्थानमा धूम्रपान गर्नेलाई कारबाही गर्ने भएको छ । लागुऔषध विरुद्धको महाअभियान अन्तर्गत कार्यक्रम सञ्चालन गरेर कसैले सार्वजनिक ठाउँमा धूम्रपान गरेको पाएमा प्रहरीले कारबाही गर्ने भएको हो ।

 

जय भगवति मेलौली सुनचाँदी

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा लगायतका सरोकारवाला निकायको उपस्थितिमा बसेको बैठकले जिल्लाका सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि निर्णय गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । सार्वजनिक स्थानमा धूम्रपान निषेधकालागि प्रचारप्रसार अभियान सञ्चालन भएको समेत उनले बताए । २६ गतेबाट जिल्लामा प्रचारप्रसारको अभियान शुभारम्भ भएको बताइएको छ ।

 

सो अभियान फागुन ११ गते सम्म सञ्चालन हुने छ । कसैलाई सार्वजनिक स्थानमा धूम्रपान गरेको देखेमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्रहरी प्रवक्ता केसीले बताए । लागु औषध नियन्त्रण तथा रोकथाम जिल्ला सञ्जाल समन्वय समितिको बैठकले लागु औषध नियन्त्रण तथा रोकथाम गर्ने निर्णय गरेको हो । सार्वजनिक स्थानमा धूम्रपान निषेध गर्नका लागि प्रहरी कार्यालय, मातहतका चौकी, सञ्चार माध्यम सामाजिक सञ्जालबाट प्रचारप्रसार र माइकिङ समेत गरिने बताइएको छ ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page