Vutlaxapu
Laxmibhuwan sun chadi

‘प्रहरी हुँ’ भनेर ठगेको आरोपमा बैतडीको पुर्चौडीकी एक युवती काठमाडौंमा पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडीः ‘प्रहरी हुँ’ भनेर ठगेको आरोपमा प्रहरी वृत्त थानकोटले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका घर भएकी २४ वर्षीया अमिलाकुमारी साउद रहेकी छिन्। आफू प्रहरीको असईबाट सईमा प्रमोसन भएको बताउने आरोपीले लोभमा पारेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

 

आरोपी विरुद्ध एक जनाले १ लाख ५० हजार ठगेको भन्दै जाहेरी दिएका छन्। काठमाडौँ महानगरपालिका–१४ स्थित नैकापमा बस्ने साउदको डेराबाट प्रहरीको युनिफर्म बरामद गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीले बताए। उनले राष्ट्रिय अनुसन्धानको जवानमा भर्ना गरिदिन्छु भनेर रकम लिएकी हुन्। घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ।

 

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page