



बैतडी -बैतडी प्रदेशसमा क्षेत्र (क)बाट निर्वाचित सुरेन्द्र बहादुर पाल सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी पाएका छन् ।
यसअघि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समालेका पालले यस पटक भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका हुन् । एमाले संसदीय दलको बैठकले पाललाई भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय गरेको हो ।
