Vutlaxapu
Laxmibhuwan sun chadi

दशैंको समयमा गौरीफन्टा र गड्डाचौकी नाका भएर २ हजार नेपाली भारत पलायन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-दशैंको समयमा कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर स्वदेश फर्किनेभन्दा भारत जानेको संख्या बढी देखिएको छ।

जय भगवति मेलौली सुनचाँदी

दशैं नजिकिएसँगै सीमानाका गौरीफन्टा र गड्डाचौकीमा भारतबाट फर्किने र यहाँबाट जानेको यतिबेला घुइँचो नै लागेको छ। सशस्त्र प्रहरी बल ७ नम्बर वैद्यनाथ बाहिनी अत्तरियाका अनुसार घटस्थापनाको दिन असोज १७ देखि २१ गतेसम्म गौरीफन्टा नाकाबाट ९ सय ७१ र गड्डाचौकी नाकाबाट ९ सय ८५ जना भारत गएको तथ्यांक छ।

पाँच दिनको अवधिमा यी दुबै सीमा नाका भएर एक हजार ९ सय ५६ जना भारत पसेका हुन्। गरिबी सूचकांकमा पुछारमा रहेको सुदूरपश्चिमेलीहरुको रोजगारीको मुख्य गन्तव्य भारतका विभिन्न सहरहरू हुन्। गौरीफन्टा र गड्डाचौकी सीमानाका भारत ओहोरदोहोर गर्ने मुख्य नाका हुन्। गौरीफन्टा भएर सुदूरपश्चिमका नौवटै जिल्लाबाट कामको खोजीमा भारतका विभिन्न सहर जानेको संख्या वर्षेनि बढ्दो छ।

खुला सीमा, नजिकको गन्तव्य, अदक्ष कामदारले समेत जानेबित्तिकै कुनै न कुनै काम पाइहाल्ने, आफन्त तथा चिनेजानेका व्यक्ति पहिल्यैदेखि रहेकाले सुदूरपश्चिमका नागरिकको आकर्षण भारत रहँदै आएको छ। धनगढीसँग जोडिएको गौरीफन्टा सीमानाका र कञ्चनपुरको बनबासा नाका भएर अहिले सयौँ नेपालीहरू दशैँ मनाउन भारतबाट घर फर्किरहेका छन्। तिनै नाकाबाट स्वदेश फर्कनेकै हाराहारीमा नेपालीहरू भारततर्फ पनि गइरहेका छन्।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page