Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दाेगडाकेदारमा अटो दुर्घटना: ४ जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिका ३ खाेचलेक नजिक अटाे दुर्घटना भएको छ।अटो दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

जय भगवति मेलौली सुनचाँदी

महाकाली राजमार्ग अन्तरगत खोचलेक नजिक अटो दुर्घटना हुदा गर्भवती महिला सहित ४ जना घाइते भएका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।घाइते हुनेहरूमा दाेगडाकेदार गाउँपालिका २ की ४५ वर्षीया बसन्ती जाेशी साेही ठाउँकि २५ बर्षिया पार्वती जाेशी, पुर्चाैडी नगरपालिका ९ का २० वर्षीय हिरा सार्की अटाे साहु २५ वर्षीय राजेन्द्र भाट रहेका छन्।

घाइतेहरुको जिल्ला अस्तताल बैतडीमा उपचार भइरहेको छ।

दोगडाकेदार -३ सिल्लेगडाबाट खिरेगाउँ जाँदै गरेकाे सुप प्र ०१-००१ ह ६०७० नम्बरकाे अटाे आज मध्यान्ह १२ बजे दुर्घटनामा परेकाे हाे।अटाे सडकबाट अन्दाजी १०० मिटर तल खसेकाे छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।

 

 

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page