



बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ।
शुक्रबार बिहान जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ४ देउना बस्ने इन्द्रबहादुर बिष्टकी श्रीमती ६५ वर्षीया हिरा बिष्टको खर काट्ने क्रममा भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको हो।




