



बैतडी -बझाङमा सुक्खा पहिरो जादा जयपृथ्वी राजमार्ग पुनः अवरूद्ध भएको छ। छबिसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा शनिबार दिउँसो ढुंगासहितको सुक्खा पहिरो खसेको थियो।साँझ पहिरो पन्छाएर सडक खुलाएपछि पनि राति ठूला ढुंगासहितको सुक्खा पहिरो खस्दा राजमार्ग पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले जानकारी दिए। सडक विभागको समन्वयमा पहिरो पन्छाउने प्रयास भए पनि ढुंगासहितको पहिरो झर्ने क्रम नरोकिएकाले समस्या भएको उनले बताए। राजमार्ग अवरुद्ध भएसँगै लामो तथा छोटो दूरीका सवारीसाधन सडकमै रोकिएका छन्।
