Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङमा जिप दुर्घटना, ४ जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बझाङः बझाङमा यात्रु सवार जिप दुर्घटना भएको छ।

जय भगवति मेलौली सुनचाँदी

जिल्लाको जयपृथ्बी नगरपालिका-११ भोपुर स्थित ब्यारेक नजिक बा १८ च ५१४९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। ७ जना यात्रु सवार रहेको जिपमा ४ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइते हुनेमा तलकोट गाउँपालिका–१ बस्ने ५६ वर्षीय बिरबहादुर बम्म, ४५ वर्षीया धन लक्ष्मी देवी बम्म, जयपृथ्वी नगरपालिका–११ बस्ने २५ वर्षीया विद्या बोहरा र १७ वर्षीय शंकर धामी रहेका छन्।

उनीहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। चालक तलकोट गाउँपालिका–१ बस्ने २३ वर्षीय नबिनबोहरा प्रहरीको नियन्त्रणमा छन्। घाइते सबैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page